कोरिया जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । दक्षिण कोरियामा हुने वर्ल्ड हान्मादाङ्ग च्यामिपयनसिपमा सहभागी हुने जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली तेक्वान्दो टोलीको बिदाइ भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सोमबार शुभकामनासहित टोलीको बिदाइ गरेका हुन्  ।

च्याम्पियनसिप यही साउन ५ देखि ८ गते (जुलाई २१-२४) सम्म हुनेछ । टोली साउन ३ गते (जुलाई १९) मा कोरिया प्रस्थान गर्नेेछ ।

प्रतियोगिताको पुम्सेमा महिलातर्फ स्वस्तीका तामाङ र पुरुषतर्फ प्रेम बहादूर लिम्बुले प्रतिस्पर्धा गर्नेछन् यस्तै टोलीको प्रशिक्षकमा कविराज खड्गी रहँदा टार्जन सुब्बाले रेफ्रीको भुमिका निर्वाह गर्नेछन् ।

च्याम्पियनसिप पश्चात रेफ्री सुब्बा नेपाल फर्कने छन् भने अन्य प्रशिक्षणका लागि मलेसिया प्रस्थान गर्नेछन् । खेलाडीले साउन ११ देखि २५ गते (जुलाई २७ देखि अगस्ट १०) सम्म मलेसियामा प्रशिक्षण गर्ने प्रशिक्षक कविराज खड्गीले जानकारी गराए ।