रोमेलु लुकाकु

लुकाकुलाई स्थायी बनाउने इन्टरको इच्छा

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुलाई स्थायी रूपमा अनुबन्ध गर्ने इच्छा देखाएको छ ।  चेल्सीका लुकाकुले गत सिजन लोनमा इन्टरमा बिताएका थिए ।

लुकाकुको १४ गोलको सहयोगमा इन्टरले गत सिजन इटालियन सिरी ‘ए’ मा तेस्रो स्थान हासिल गर्दा च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

विभिन्न संञ्चारमाध्यममा आएका समाचारका अनुसार चेल्सीले लुकाकुको रिलिज क्लज ४० मिलियन पाउन्ड राखेको छ ।

लुकाकु सन् २०२१ मा इन्टरबाट चेल्सी भित्रिएका थिए । तर चेल्सीले एक वर्ष पछि नै लुकाकुलाई लोनमा इन्टर नै पठाएको थियो ।

लुकाकुका लागि चेल्सी र इन्टरबीचको लोन सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो।

लुकाकु अनुबन्धका लागि इटालियन सिरी ‘ए’ क्लब एसी मिलान र साउदी प्रो-लिग क्लब अल-हिलालले पनि इच्छा देखाइरहेका छन् ।