लिभरपुल

स्लोबोस्जलाइ अनुबन्धका लागि लिभरपुल तयार

ठमाडौं । इङ्लिस क्लब लिभरपुल हंगेरियन मिडफिल्डर डोमिनिक स्लोबोस्जलाइ अनुबन्ध गर्न तयार भएको छ ।

लिभरपुल ६० मिलियन पाउन्डमा जर्मन क्लब आरबी लाइपजिगबाट स्लोबोस्जलाइ भित्र्याउन तयार भएको हो ।

२२ वर्षिय आक्रमक मिडफिल्डर स्लोबोस्जलाइले गत सिजन लाइपजिगलाई बुन्डेसलिगाको तेस्रो स्थानमा ल्याउन र जर्मन कपको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

दुवै क्लबका प्रतिनिधि स्लोबोस्जलाई अनुबन्धको विषयमा सहमत छन् । उनले गत सिजन बुन्डेसलिगामा ६ गोल गर्दा ८ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

स्लोबोस्जलाइ सन् २०२१ मा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट लाइपजिग भित्रिएका थिए ।