एसियाली खेलकुद

संयोगले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । टेलब टेनिसका संयोग कपालीले हङझाउमा हुने एसियाली खेलकुदको तयारीका लागि भारतमा भारतमा प्रशिक्षण गर्ने भएका छन् ।

नेपाल ओलम्पिक संघ (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार संयोगलाई बिदाइ गरेका हुन् ।

एनओसी छात्रावृत्ति प्राप्त गरेका संयोग नोयडास्थित अन्शुल गर्ग एकेडेमी फाउन्डेसनमा हुने प्रशिक्षण शिविरमा सहभागी हुनेछन् । एनओसीले संयोगलाई प्रशिक्षण किट समेत वितरण गरेको थियो ।

बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक श्री चतुरानन्द राजवैद्य र मेडिकल कमिशन एनओसी नेपालका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठको पनि उपस्थिति थियो ।