रियाल मड्रिड

कामाभिङ्गाले गरे रियालसँगको सम्झौता नवीकरण

काठमाडौं । फ्रेन्च मिडफिल्डर एडवार्डो कामाभिङ्गाले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

सम्झौता नवीकरणसँगै कामाभिङ्गा सन् २०२८ सम्म रियालमै रहने छन् ।

रियालले सिजनको अन्त्यसँगै सम्झौता नवीरणका लागि कामाभिङ्गालाई मनाउने प्रयास गरिरहेको थियो ।

कामाभिङ्गा सन् २०२१ मा फ्रेन्च क्लब रेनेसबाट रियाल भित्रिएका थिए । पछिल्लो समय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका कामाभिङ्गाले ६३ स्पेनिस ला लिगा खेलमा २ गोल गरेका छन् ।