भारतविरुद्ध नेपालको रक्षात्मक रणनिती

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध स्ट्राइकर मनिस  डांगीले पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका छन् ।

मनिस पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । 

त्यस्तै श्रीलकाविरुद्ध पहिलो रोजाईमा नपरेका दिनेश राजवंशी र सुजल श्रेष्ठ टोलीमा फर्कदा अञ्जन विष्ट र नवयुग श्रेष्ठले भने पहिलो रोजाईमा स्थान बनाउन सकेनन् । नेपालले आजको खेलमा रक्षात्मक रणनिती लिएको छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।

भारतविरुद्ध जित हात पारे नेपालको फाइनल यात्रा पक्का हुनेछ ।

भारतविरुद्ध नेपाललको सुरुआती ११ 
किरण चेम्जोङ (गोलकिपर),
दिनेश राजवंशी
अन्तत तामाङ
सुमन अर्याल
गौतम श्रेष्ठ
रोहित चन्द
मिडफिल्डर
सुजल श्रेष्ठ
सुमन लामा
पुजन उपरकोटी
तेज तमाङ
स्ट्राइकर 
मनिस डांगी