चेल्सी समर्थकहरुको फुटसल प्रतियोगिता 

पोखरा, (खेलाडी)- इङ्लिस प्रिमियर लिगको महारथी चेल्सीका नेपाली समर्थकको आयोजनामा शनिबार पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । 

एलिट मोटर्सको प्रायोजन रहने प्रतियोगितामा पाँच टोलीको सहभागिता रहने चेल्सी पोखराका संयोजक नवीन बस्नेतले जानकारी गराएका छन् । चेल्सीका समर्थकमध्येबाटै बनेका टोलीले मात्र प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । 

गत वर्षदेखि चेल्सीका समर्थकहरुले गर्न थालेको यो प्रतियोगिता प्रत्येक वर्ष गरिने बस्नेतले जानकारी गराएका छन् ।

पोखरामा ड्याट्सन र निशान मोटरको आधिकारीक विक्रेटा रहेको एलिट मोर्टसको मुख्य प्रायोजन रहने प्रतियोगितालाई कटेरो इन्जिनियरिङ र लेक सिटी प्रिन्टर्सले सह प्रायोजकका रुपमा सघाउने बताइएको छ ।