फिफा

इङ्ल्यान्डका बोलोगनलाई अमेरिकाबाट खेल्न फिफाको अनुमती

लन्डन । फिफाले आर्सनलका स्ट्राइकर फेरेन बोलोगनले अमेरिकाको राष्ट्रिय फुटबल टोलीबाट खेल्न अनुमती दिएको छ ।

न्युयोर्कमा जन्मिएका बोलोगन हाल लोनमा फ्रेन्च लिग वानको क्लब रेनिसमा छन । उनले इङ्ल्यान्डको यु२१ टोलीबाट खेलिसके पनि सिनियर टोलीका लागि भने अमेरिका रोजेका हुन ।

‘ इङ्ल्यान्डका फ्लोरेन बोलोगनले अमेरिकाबाट खेल्नका लागि गरेको प्रस्ताव स्विकृत गरिएको छ’, फिफाको विज्ञप्त्तिमा उल्लेख गरिएको छ । 

इङ्ल्यान्डले यु२१ युरोकपका लागि आगमी साताबाट जर्जिया र रोमानियामा बन्द प्रशिक्षण राख्दैछ । इङ्ल्यान्डको यु२१ टोलीका १३ खेल खेलिसकेका बोलोगन मार्चमा चोटको कारण देखाउँदै टोलीबाट बाहिरिएका थिए । 

अमेरिकामा जन्मिएका बोलोगन दुई वर्षको हुँदा आमाबुबासँग इङ्ल्यान्ड आएका थिए । उनको आमाबुबा नाइजेरियाको भएकाले उनीसँग त्यहाँको राष्ट्रिय टोलीबाट खेल्ने विकल्य पनि खुला थियो ।