रहेनन् पूर्व फिफा रेफ्री खत्री 


काठमाडौं, (खेलाडी)- रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । 

५० वर्षका खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए । त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका  थिए ।

उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन् ।

नेपालका सर्वोउत्कृष्ट  रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नियम अनुसार ४५ वर्ष सम्म मात्र उच्च स्तरमा रेफ्री गराउन पाइन्छ ।

 फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए ।