इङ्लिस प्रिमियर लिग

सिटी शीर्ष स्थानमा उक्लियो

लन्डन । एर्लिङ हाल्यान्डले प्रिमियर लिगमा नयाँ कीर्तिमान रचेको दिन साबिकको विजेता म्यानचेस्टर सिटी वेस्ट हममाथि ३-० को जितसहित शीर्ष स्थानमा उक्लिएका छ । 

५०औं मिनेटमा नाथन एकेको गोलमा सिटीले अग्रता लिएको थियो । ७०औं मिनेटमा हालायन्डले सिटीको अग्रता दोब्बर पारेका थिए । जुन जारी सिजन हाल्यान्डले प्रिमियर लिगमा गरेको ३५औं गोल हो । यससँगै हाल्यान्डले एकै सिजन सर्वाधिक गोल गर्ने एन्डी कोल र एलन सेहेररको कीर्तिमानलाई पछि पारेका छन ।
८५औं मिनेटमा फिल फोडिनले सिटीका लागि तेस्रो गोल गरेका थिए । 

सिटी ३३ खेलमा ७९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । जुन दोस्रो स्थानको आर्सनलभन्दा १ अंक बढी हो । सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ । 

सिटी यस सिजन तेहेरो उपाधि जित्ने लक्ष्यमा रहेको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको सेमिफाइनलमा रियाल मड्रिडको सामना गर्नेछ ।