एएफसी यु-१७ महिला एसियन कप छनोट

जोर्डनको सामना गर्दै नेपाल

काठमाडाैं । एएफसी यु-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली जोर्डनको सामना गर्दैछ ।

नेपाल र जाेर्डनबीचकाे खेल प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।

दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । समूह ‘एच’ को नेपालले पहिलो खेलमा इरानसँग १-० को पराजय ब्यहाेरेको थियो।

जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ। यस समूहमा नेपाल, जोर्डन र इरान छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।