स्मारक ‘ए’ डिभिजन लिग

चेन्चोले ‘ए’ डिभिजन लिगका बाँकी खेल गुमाउने

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबका भुटनिज फरवार्ड  चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी खेल गुमाउने भएका छन् ।

बायाँ खुट्टामा चोट लागेपछि चेन्चोले सिजनका बाँकी खेल गुमाउने भएका हुन् । बायाँ खुट्टाको हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । 

उनी थ्री स्टार क्लबविरुद्ध खेलका दौरान घाइते भएका थिए । क्लब प्रतिनिधिका अनुसार चेन्चोले कम्तिमा ६ साता प्ल्साटर लगाउनु पर्ने छ ।

 चेन्चोले लिगमा ७ खेल खेल्दा १ गोल गर्दै १ असिस्ट दिएका थिए । उनले फ्रेन्ड्सविरुद्ध गोल गरेका थिए ।

नेपालमै सम्पन्न थ्री नेसन्स कपपछि उनी मच्छिन्द्रमा अनुबन्धित भएका थिए ।