माघ ३०, २०८१ बुधबार | १४:२३:५२
क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २३औं संस्करणमा वेष्टर्न क्रिकेट क्लबले च्याम्पियन बनेको छ ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनलमा वेष्टर्नले लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्यो । वेष्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि उचालेकाे हो ।

वेष्टर्नले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी ३८ ओभरमा १८६ रनमै समेटियो । लुम्बिनी खुकुरीका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए ।

वेष्टर्नका नरेन साउदले चार, देव खनाल र सुझाव थापाले समान दुई तथा सन्देश थापाले एक विकेट लिए

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले निर्धारित ४०.४ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको बलियो योगफल तयार पारेको थियो । वेष्टर्नका लागि लागि नरेन साउदले  सर्वाधिक ६६ रनको योगदान गरे ।

यसैगरी देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रन जोडे ।

लुम्बिनी खुकुरीका लागि अजयकुमार चौहानले पाँच, भुवन कार्कीले दुई तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले समान विकेट लिए ।

उपाधिसँगै वेष्टर्नले १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्यो ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा वेष्टर्नका देव खनालले सर्वोकृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ पाए ।

यसैगरी वेष्टर्नका अभिशेष गौतम उत्कृष्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली उत्कृष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता र उपविजेतलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, म्याच रेफ्री समीर खान, संघका सचिव संजय गुरुङ, कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणलगायतले पुरस्कार प्रदान गरेका थिए ।


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु