माघ ३०, २०८१ बुधबार | १४:३५:३६
क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

सद्भाव आचार्य ।

काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समुहमा सद्भाव आचार्यले एकल अग्रता लिएका छन् । १-ओभर ६९ को स्कोरमा सद्भावले प्रकृत तामाङलाई तीन स्ट्रोकले पछि पारे ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १४औं होलमा एक/एक सट गुमाए भने १८औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए । उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए । तर यसपपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए । ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन् ।

१२ देखि १६ वर्ष उमेर समुहमा इधान्तसिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा छन् ।  उनले दिपेश श्रेष्ठलाई चार स्ट्रोकले पछि पारे।

दिपेशले १६-ओभर ८६ स्कोर कार्ड तयार पारे । सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा छन् ।

यसैगरी गर्ल्स १२-२१ वर्ष उमेर समुहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन् । उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन् । अनभद्धयाले ३०-ओभर ९८ को स्कोर खडा गरिन् ।

प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउने छन् ।

गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि विजेता सद्भाव भने स्वत: छनोट भइसकेका छन् । त्यसैले यस पटक सद्भाव सहित चार नेपाली गल्फरले फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन् । 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु