माघ १७, २०८२ शनिबार | १२:१६:०४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

सद्भाव च्याम्पियन

सद्भाव आचार्य ।

काठमाडौं । नेपालका सद्भाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जितेका छन्।

सद्भावनले घरेलु खेलाडी शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले पछि पारे । यससँगै उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागीता जानउँदै आएको थियो । ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिबार १-ओभर ७३ स्कोर बनाएका सद्भावले समग्रमा ३-ओभर २९१ सहित उपाधि जिते।

सद्भावले फ्रन्ट नाइन-ओभर ३८ मा पुरा गरे पूरा। पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। यसपछि १४ र १८औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १५औं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९-ओभर २९७ को स्कोर गरे ।

आज शफिकुलले १-ओभर ७३ र मोहम्मदले ३-ओभर ७५ मा खेल सकाए । बंगलादेशका मोहम्मद समिम समग्रमा ११-ओभर २९९ सहित चौथो भए। उनले आज इभन-पार ७२ को कार्ड बनाए।

समग्रमा १२-ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे । उनले आज ६–ओभर ७८ को खराब प्रदर्शन गरे। नेपालका राहुल विकले ६-ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६-ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए ।

प्रतियोगितामा सद्भावले दुई स्वर्ण पदक जिते। यसअघि उनले राहुल विकसँग मिलेर टिम स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाएका  थिए ।

चार दिने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरि १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।