चैत्र १३, २०८२ शुक्रबार | ०३:२०:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सद्भाव च्याम्पियन

सद्भाव आचार्य ।

काठमाडौं । नेपालका सद्भाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जितेका छन्।

सद्भावनले घरेलु खेलाडी शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले पछि पारे । यससँगै उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागीता जानउँदै आएको थियो । ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिबार १-ओभर ७३ स्कोर बनाएका सद्भावले समग्रमा ३-ओभर २९१ सहित उपाधि जिते।

सद्भावले फ्रन्ट नाइन-ओभर ३८ मा पुरा गरे पूरा। पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। यसपछि १४ र १८औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १५औं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९-ओभर २९७ को स्कोर गरे ।

आज शफिकुलले १-ओभर ७३ र मोहम्मदले ३-ओभर ७५ मा खेल सकाए । बंगलादेशका मोहम्मद समिम समग्रमा ११-ओभर २९९ सहित चौथो भए। उनले आज इभन-पार ७२ को कार्ड बनाए।

समग्रमा १२-ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे । उनले आज ६–ओभर ७८ को खराब प्रदर्शन गरे। नेपालका राहुल विकले ६-ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६-ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए ।

प्रतियोगितामा सद्भावले दुई स्वर्ण पदक जिते। यसअघि उनले राहुल विकसँग मिलेर टिम स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाएका  थिए ।

चार दिने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरि १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो