असार ३१, २०८२ मंगलबार | १५:१३:२०
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । केन विलियमसनको शतकप्रेरित न्युजिल्यान्डले पाकिस्तानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार लोहारस्थित  गद्दाफी रंगशालामा समान्न दोस्रो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको जित दर्ता गर्यो । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली पाकिस्तालाई ७८ रनले हराएको थियो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य न्युजिल्यान्डले आठ बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका लागि विलियमसनले ११३ बलमा १३ चौका र दुई छक्काको मद्दतले अविजित १३३ रनको योगदान गरे ।

यसैगरी डिभोन कोन्वेले १०७ बलमा ९ चौका र एक छक्काको मद्दतले ९७, ग्लेन फिलिप्सले अविजित २८ र विल योङले १९ रन बनाए ।

विलियमसनले दोस्रो विकेटका लागि कोन्वेसँग १८७ तथा पाँचौं विकेटका लागि फिलिप्ससँग अविजित ५७ रनको साझेदारी गरे । यसैगरी पहिलो विकेटका लागि कोन्वे र योङबीच ५० रनको साझेदारी भयो ।

दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले दुई तथा इथन बोश र जुनियर डालाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०४ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि म्याथ्यु ब्रिएट्ज्केले १४८ बलमा ११ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १५० रनको योगदान गरे ।  एकदिवसीयमा यो उनको ‘डेब्यू’ खेल हो ।

यसैगरी विआन मुल्डरले ६० बलमा पाँच चौका र एक छक्काको मद्दतले ६०, जेसन स्मिथले ४१ र कप्तान टेम्बा बावुमाले २० रन बनाए ।

ब्रिएट्ज्केले चौथो विकेटका लागि मुल्डरसँग १३१ तथा दोस्रो विकेटका स्मिथसँग ९३ रनको साझेदारी गरे ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र विलियम ओ’रोर्कले समान दुई तथा माइकल ब्रासवेलले एक विकेट लिए ।

अब बुधबार पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH