सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातदोबाटो र थ्री स्टारबीचको पहिलो हाफ बराबरी

फाइल तस्बिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत सातदोबाटो युथ क्लब र थ्री स्टारबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले केही अवसरहरु सृजना गरे पनि गोल गर्न भने सकेनन् ।

पहिलो हाफमा सातदोबाटोभन्दा थ्री स्टार बढी आक्रमक देखिएको थियो ।

१३ औं मिनेटमा थ्री स्टारका अशोक खावासको पासमा लकेन लिम्बुको हेडर बाहिरिएको थियो ।

२० औं मिनेटमा मार्टिन कायोडे अजाइको फितलो प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए। त्यसको तीन मिनेटपछि अजाइकै प्रहार बाहिरिएको थियो ।

४५ औं मिनेटमा कप्तान विक्रम लामाको हेडर अभिषेकले बचाउँदा सातदोबाटो गोल खानबाट जोगिएको थियो ।

थ्री स्टार लगातार दोस्रो जितको खोजीमा छ भने सातदोबाटो स्पष्ट १२ अंक बनाउन चाहन्छ ।