इङ्लिस प्रिमियर लिग

हामी पुनरागमन गर्दैछौँः भान डाइक

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडमाथि जित निकालेपछि लिभरपुलका डच रक्षक भर्जिल भान डाइकले यसलाई राम्रो सुरुआतको रुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार राति प्रिमियर लिगमा न्युक्यासलले लिभरपुलमाथि २-० को जित निकालेको थियो ।

खेलको १० औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुलले अग्रता लिएको थियो । कोडी गाक्पोले १७ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाएका थिए । 
 

२२ औँ  मिनेटमा न्युक्यासलका निक पोपले रातो कार्डको सामना गरेका थिए ।

यो लिभरपुलको लिगमा लगातार दोस्रो जित हो । लिभरपुलले १४ फेब्रुअरीमा एभर्टनलाई पनि २-० ले नै पराजित गरेको थियो ।

लिभरपुलले महत्वपूर्ण जित निकालेपछि भान डाइकले स्काई स्पोर्टससँग भने,‘हामीले यो सिजन केही महत्वपूर्ण जित निकाली सकेका छौं । हमीलाई लाग्छ  अगाडी बढ्नका लागि यो नै सही समय हो । तर, केहि फरक महसुस गरिरहेका छौँ । आशा छ यसले हाम्रो पुनरागमनमा अझ हौसला बढाउनेछ ।’