रानीवन स्पोर्टस क्लब छनोटको दोस्रो चरणमा

काठमाडौं, (खेलाडी)- रानीवन स्पोर्टस क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न समूह ‘एक्स’ को अन्तिम खेलमा चौतारा स्पोर्टिङ क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि रानीवनलाई समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्न त्यो नतिजा पर्याप्त भयो । 

छनोटको दुई खेलमध्ये एकमा जित र एकमा बराबरी खेलेको रानीवनले ४ अंक जोड्यो । टोलीले छनोटको पहिलो खेलमा राप्ती रिभरलाई ३-२ ले पराजित गरेको थियो । 

त्यस्तै दुई खेलबाट तीन अंक जोडेको राप्ती रिभर र समान खेलबाट अंकविहिन रहेको चौतारा स्पोर्टिङ छनोटको पहिलो चरणबाटै बाहिरिएका छन् ।