सहिद स्मारक ‘बी’ डिभिजन लिग

‘बी’ डिभिजन क्लबले एन्फालाई बुझाए ध्यानाकर्षण पत्र

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबले अखिल नेपाल फुटबल संघ( एन्फा) लाई ध्यनाकर्षण पत्र बुझाएका छन् ।

लिगको तयारी रकम नपाएको भन्दै एन्फालाई आइतबार बुझाइएकाे ध्यानाकर्षण पत्रमा लिगका १४ मध्ये १३ क्लबले हस्ताक्षर गरेका छन् ।

एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज युनाइटेड क्लबले भने ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेको छैन ।

 क्लबहरुले एन्फाले तयारी रकम उपलब्ध नगराउँदा सम्म टिम दर्ता नगराउने भन्दै  लिग सुरु हुनुभन्दा कम्तीमा पनि ३५ दिन अगाडी नै पहिलो किस्ताको रकम उपलब्ध गराउन आग्रह गरेका छन् ।

क्लबहरुले लिग सुरु हुनुभन्दा ३५ दिन भित्र रकम उपलब्ध नभएको खण्डमा लिगमा सहभागिता नजनाउने चेतावनी पनि दिएका छन् ।

एन्फाले लिग तयार स्वरुप क्लबलाई पहिलो किस्ता बापत आठ लाख ७० हजार उपलब्ध गराउनु पर्नेछ । 

एन्फाले नयाँ संस्करण ‘बी’ डिभिजन लिगकाे नयाँ संस्करण आगामी चैत्र १५ गतेबाट गर्ने बताएको छ ।