भद्रकाली कप

भद्रकाली कपः पारामाउन्ट र एन्जल्स हार्टको जित

सांकेतिक तस्बिर

काठमाडौं । पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित निकालेका छन् ।

पारामाउन्टले आइतबार ओडिसी इन्टरनेसनल एकेडमीलाई १६-१२ ले पराजित गरेको थियो । पारामाउन्टको जितमा निरज प्याकुरेलले तीन स्कोर योगदान गरे ।  

रुपेश पौडेलको ६ स्कोरको सहयोगमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७-१६ ले हरायो ।

सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेनपिक र ग्रिनल्यान्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३-२८, एन्जल्स हार्टले जुगललाई २८-१०, गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३५-१७ र ग्रिनल्यान्डले बागमतीलाई ४१-३० ले पाखा लगाए । 

सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेनपिकका दिनेश रापालले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १६ स्कोर गरे ।

सिनियर गर्ल्समा ग्रिल्यान्डले जुगललाई १८-१० ले पन्छायो । ग्रिनल्यान्डका लागि प्रियंका मगरले ६ स्कोर गरिन् ।