साफ महिला यु-२० च्याम्पियनसिप

भुटानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

फाइल फोटो

काठमाडौँ । दक्षिण एसियाली खेलकुद महासंघ(साफ)महिला  यु-२०  च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलका लागि नेपालले आफ्नो सुरुआती ११ सार्वजनिक गरेको छ ।

नेपालले आइतबार भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा खेल नेपाली समयानुसार दिउँसो २ः ४५ बजे सुरु हुनेछ ।

प्रिती राईको कप्तानीमा मैदान उत्रिने नेपालले टोलीमा एक परिवर्नन गरेको छ । कुशुम खतिवडाको स्थानमा तुलसा बोहराले मौका पाएकी छन् । कुशुम बंगलादेश विरुद्धको खेलमा घाइते भएकी थिइन् ।

 दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-१ तथा भुटानले भारतसँग १२-० को हार ब्यहोरेका थिए ।

नेपालको सुरुआती ११


प्रिती राई (कप्तान), कविता बिक (गोलकिपर), सुनिता भुलान, कुमारी तामाङ, मनमाया दमाई, अमिषा कार्की, दिपा शाही, प्रतिक्षा चौधरी, सरस्वती हमाल, सविना चौधरी, तुलसा बोहरा