सहिद स्मारक ‘ए’ डिभिजन लिग

डोनाले फ्रेन्ड्सबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । मिडफिल्डर डोना थापाले फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

फ्रेन्ड्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फ  यस सिजनका लागि डोनालाई अनुबन्ध गरिएको जनाएको छ । अघिल्लो सिजन थ्री स्टार क्लबबाट शीर्ष डिभिजन लिग खेलेका डोना चौथो खेलाडीका रूपमा फ्रेन्ड्स भित्रिएका हुन् ।

यसअघि फ्रेन्ड्सले गोलकिपर विशाल सुनार,फरवार्ड राजेश परियार र मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो ।

नयाँ सिजनको ‘ए’डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिको उद्घाटन खेलमा फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारको समना गर्नेछ ।