इङ्लिस प्रिमियर लिग

मार्टिनेली २०२७ सम्म आर्सनलमै रहने ।

लन्डन । फरवार्ड गाब्रियल मार्टिनेली र आर्सनलबीच नयाँ सम्झौता भएको छ । मार्टिनेलीले शुक्रबार सन् २०२७ को जुनसम्मका क्लबमा रहने गरी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
 

२१ वर्षीय ब्राजिलियन फर्वाड २०१९ मा ब्राजिलको दोस्रो डिभिजन क्लब इट्वानो फुटबल क्लबबाट आर्सनल आएका थिए । चार वर्षमा मार्टिनेलीले आर्सनलबाट एक सय ११ खेल खेलिसकेका छन् ।

 पछिल्लो सिजन ३६ प्रिमियर लिग खेलेका मार्टिनेली डिसेम्बर २०२१ र जनवरी २०२२ मा लगातार दुई पटक महिनाको उत्कृष्ट खेलाडी चुनिएका थिए ।  

 जारी सिजन उच्च लयमा  रहेका मार्टिनेली आर्सनलले खेलेका १९ लिग खेलमा  सबैमा पहिलो रोजाइमा परेका छन् । जारी सिजन सबै प्रतियोगितामा कुल २७ खेल खेलेका मार्टिनेलीले सात गोल गरेका छन् ।