कतार विश्वकप २०२२

फ्रान्सलाई हराउदै इतिहास रच्न चाहन्छौः रिगरेगी

दोहा । कतार विश्वकप २०२२ को सेमिफाइनल खेलअघि मोरोक्कोका प्रशिक्षक वालिद रिगरेगीले टोलीमा जित्ने सक्छौं भन्ने विश्वास रहेको बताएका छन।

‘हामी विश्वपकको सेमिफाइनल पुग्ने पहिला अफ्रिकी राष्ट्र बनेका छौं,यो ऐतिहासिक उपलब्धि हो। टोली यतीमा मात्र सन्तुष्ट छैन,त्यसैले हामी फाइनलमा पुग्न चाहन्छौं’,रिगरेगीले भने‘फ्रान्स विश्वकै उत्कृष्ट टोली हो । तर,हामी पनि आफ्नो लक्ष्यमा केन्द्रित छौं।’

मोरोक्कोले बुधबार दोस्रो सेमिफाइनलमा साबिकको विजेता फ्रान्सको समाना गर्नेछ।

क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो। मोरोक्कोले यसअघि समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई हराएको थियो ।

त्यस्तै फ्रान्सले इङ्ल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

‘जब टोलीसँग केहि प्राप्त गर्ने जोस,संकल्प र मिहेनतका साथै उत्हाहित समर्थक हुन्छन कठिन उपलब्धि पनि हासिल गर्न सकिन्छ’,रिगरेगीले थपे‘ फ्रान्सलाई हराउन त्यती सहज नभए पनि हामीमा जित्न सक्छौं भन्ने विश्वास छ।’