कतार विश्वकप २०२२

अर्जेन्टिनालाई हराउनेमा मोड्रिच विश्वस्त

 

दोहा । क्रोएसियाका कप्तान लुका मोड्रिचले इतिहासकै सबैभन्दा उत्कृष्ट प्रदर्शनका साथ लियोनेल मेसीको अर्जेन्टिनालाई रोक्दै टोली कतार विश्वकप २०२२ को फाइनलमा पुग्ने बताएका छन ।

साबिकको उपविजेता क्रोएसियाले मंगलबार पहिलो सेमिफाइनलमा अर्जेन्टिानाको सामना गर्दैछ ।

क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ तथा अर्जेन्टिनाले नेदरल्याड्सलाई ४–३ ले हराउँदै सेमिफाइनको टिकट काटेका थिए ।

अर्जेन्टिनामाथि जित निकाल्न सके क्रोएसिया विश्वकपको एकै संस्करणमा  ब्राजिल र अर्जेन्टिनालाई हराउने दोस्रो राष्ट्र बन्नेछ । यसअघि सन् २०१४ को विश्वकपका जर्मनीले यस्तो नतिजा निकालेको थियो ।

‘म अर्जेन्टिनासँग खेल्न निकै उत्साहित छु । मेसी उत्कृष्ट खेलाडी हुन तर हामी केबल एक खेलाडीमा मात्र केन्द्रित हुने छैनौ’ मोड्रिचले भने‘अर्जेन्टिना बलियो टोली हो । मलाई पूर्ण विश्वास छ हामी आफ्नो जिवनकै सबैभन्दा उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा पुग्ने छौ ।’