फ्रान्स

डेसच्याम्प्सलाई निरन्तरता दिने पक्षमा फ्रान्स

पेरिस । फ्रेन्च फुटबल संघका अध्यक्ष नियोल ला ग्राइटले प्रशिक्षक डिडियर डेसच्याम्प्सको चाहाना विपरित उनलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट अलग नगरिने बताएका छन् । 

डेसच्याम्प्स २०१२ मा फ्रान्सको प्रशिक्षकको रुपमा भित्रिएका थिए । उनको प्रशिक्षणमा फ्रान्सले २०१६ मा घरेलु मैदानमा युरोपियन च्याम्प्यिनसिपको फाइनलमा प्रवेश गर्नुका साथै २०१८ को रुस विश्वकपको उपाधि जितेको थियो । 

फ्रान्सले बुधबार कतार विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलमा मोरोक्काको सामना गर्दैछ । फ्रान्स १९६२ ब्राजिलपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको छ ।

विश्वकपसम्म मात्र  डेसच्याम्प्सको सम्झौता कायम छ । फ्रान्सका संचारमाध्यमले विश्वकपपछि डेसच्याम्प्स बाहिरिने र जिनेदिन जिदानले फान्सको प्रशिक्षण सम्हाल्ने जनाएको थिए ।

तर ला ग्राइट भने  डेसच्याम्प्सले चाहेमा सम्झौता नबिकरण गर्ने पक्षमा रहेका छन् ।

‘ डेसच्याम्प्सको आगमनपछि टोलीले आफूलाई विश्व फुटबलमा सबै दाबेदार टोलीको रुपमा उभ्याएको छ । उनकै प्रशिक्षणमा हामीले रुस विश्वकपको उपाधि जित्यौ र अहिले विश्वकपको उपाधि रक्षाको संघारमा छौ’, ला ग्राइटले भने,' हामी उनी अझ फ्रान्स टोलीसँगै बसेको हेर्न चाहन्छौ । विश्वकपसम्म मात्र सम्झौता कायम रहे पनि हामी उनलाई सम्झौता नबिकरणको प्रस्ताव गर्नेछौ । उनले नचाहेसम्म हामी उनको विकल्प खोज्ने पक्षमा छैनौ ।'