नेपाल टी–२०

लुम्बिनीले दियो फार वेस्टलाई एक सय ५३ रनको लक्ष्य

काठमाडौं । लाहिरु मिलान्थाको अर्धशतकप्रेरित लुम्बिनी अलस्टार्सले नेपाल टी–२० लिगमा फार वेस्ट युनाइटेडसामू  एक सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनायो  ।

लुम्बिनीका लागि लाहिरुले ५० बलमा आठ चौक र एक छक्का मद्दतमा  सर्वाधिक ६० रनको योगदान दिए ।

यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ३५, गुल्सन झाले २५ र विपुल शर्माले १२ रन जोडे ।  तेस्रो विकेटका लागि लाहिरु र दीपेन्द्रले ८४ रनको साझेदारी गरेका थिए । 
 

फार वेस्टका लागि उमेर अली खान र करण केसीले समान तीन विकेट लिए ।