कृष्णप्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते प्रतियोगिता

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ अन्तिम साता

काठमाडौं । दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति  राष्ट्रिय कराते प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो,ललितपुर तथा गोदावरी नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता माघ २६ देखि २८ सम्म हुनेछ ।

प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित नेपाल कराते महसंघको एकेडेमी हलमा हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५०,५५,६०,६६,७५, माइनस ८४, ८४ केजी माथि तौल समूह  तथा व्यक्तिगत तथा टीम काता विधा समावेश गरिएको छ ।

यसैगरी महिलातर्फ ४५ ५०,५५,६१,माइनस ६८ र ६८ केजीमाथि तौल समूह तथा व्यक्तिगत तथा टीम कातामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागीता रहनेछ ।

प्रतियोगिताका लागि प्रत्येक टोलीमा २१ खेलाडी,दुई प्रशिक्षक तथा एक ब्यवस्थापक रहले आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ४९ लाख रुपैँया रहेको छ । प्रतियोगिता आयोजनाका लागि नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो,ललितपुर तथा गोदावरी नगरपालिकाबीच चार वर्षको सम्झौता पनि भएको छ ।

सम्झौता पत्रमा डोजोका अध्यक्ष दीपक श्रेष्ठ तथा नगर प्रमुख गजेन्द्र महर्जनले हस्ताक्षर गरेका छन् ।