नेपाल टि–२० लिग

वेस्ट इन्डिजका चाडविक वाल्टन जनकपुरमा अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका चाडविक वाल्टन नेपाल टि–२० लिगका लागि जनकपुर रोयल्समा अनुबन्ध भएका छन ।

जनकपुरले शनिबार विदेशी खेलाडीको  कोटामा वाल्टनलाई अनुबन्ध गरेको जनाएको हो ।

वाल्टनले वेस्ट इन्डिजका लागि दुई टेस्ट,नौ एकदिवसीय र १९ टी–२० खेलेका छन ।

यसअघि जनकपुरले नेपाली राष्ट्रय टोलीका पूर्व प्रशिक्षक समेत रहिसकेका भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन ।

जनकपुरले पुस ९ मा पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सोमपाल कामी मार्की खेलाडी रहेको जनकपुरमा ललित राजवंशी,सुसन भारी,आदिल आलम,सन्दिप जोरा,दिलिप नाथ,सागर पुन,पवन सरार्फ,जितेन्द्र मुखिया,खडक बोहोरा र राजेश पुलामी रहेका छन ।

प्रतियोगिताको पहिलो पहिलो संस्करणमा काठमाडौं नाइट्स,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाइटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरि ६ टोलीको सहभागीता रहनेछ ।