टेस्ट

पहिलो टेस्टमा अष्ट्रेलिया विजयी

ब्रिसबेन । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको छ ।

ब्रिसबेन क्रिकेट मैदानमा जिताका ३४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले चार विकेट गुमाउँदै पूरा ग¥यो । अष्ट्रेलियाले टेस्ट दोस्रो दिनमै आफ्नो पक्षमा पारेको हो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ६,मार्नुस लाबुसेनले अविजित पाँच,डेविड वर्नारले तीन र उस्मान ख्वाजाले दुई रन जोडे । 
दक्षिण अफ्रिकाका कागिसो रबाडा एक्लैले चार विकेट लिए ।

यसअघि टस हारेर ब्यािटङको निम्तो पाएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो । अष्ट्रेलिया दुई सय १८ रनमा समेटिँदा दक्षिण अफ्रिका पहिलो इनिङमा ६६ रनले पछि परेको थियो । 
१४५–५ अवस्थाबाट दोस्रो दिनको सुरुआत गरेको अष्ट्रेलियाले थप ७३ रन बनाउँदा बाँकी पाँच विकेट गुमाएको थियो ।

दोस्रो इनिङमा दक्षिण अफ्रिका मात्र ९९ रनको समेटिएको थियो । यससंगै दक्षिण अफ्रिकाले अष्ट्रेलिया सामु ३४ रन को लक्ष्य प्रस्तुत गरेको थियो ।

दक्षिण अफिकाका लागि खया जोन्डोले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै  टेम्बा बाभुमा २९ र केशव महाराजले १६ रन जोडे ।

अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले पाँच,मिचेल स्र्टाच र स्कट बोल्यान्डले समान दुई तथा नाथन लायोनले एक विकेट लिए ।

यस जितसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट डिसेम्बर २६ बाट सुरु हुनेछ ।