टेस्ट

पहिलो टेस्टमा भारत विजयी

चट्टोग्राम । बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारत एक सय ८८ रनले विजयी भएको छ ।

जाहुर अहमेद चौधरी स्टेडियममा जितका लागि पाँच सय १३ रनको लक्ष्य पछ्याएको बंगलादेश तीन सय २४ रनमा समेटियो ।

२७२–६ को अवस्थाबाट पाँचौ दिनको खेल सुरु गरेको बंगलादेशले थप ५२ रन बनाउँदा बाँकी चार विकेट गुमायो । बंगलादेशका लागि जाकिर हसनले दुई सय २४ बलमा १३ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय रनको योगदान दिए ।

त्यस्तै कप्तान सकिब अल हसनले एक सय आठ बलमा समान ६ चौका र  छक्का मद्दतमा ८७,नजमुल हुसेन सान्तोले एक सय ५६ बलमा सता चौका मद्दतमा ६७,मुस्फिकुर रहिमले २३ र लिटोन दासले १९ रन जोडे ।

भारतका अक्षर पटेलले चार,कूलदीप यादवले तीन तथा  मोहम्मद सिराज,रवीचन्द्रन आश्विन र उमेश यादवले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सबै विकेट गुमाउँदै चार सय चार रन बनाएको थियो । त्यस्तै बंगलादेश एक सय५० रन मा समेटिएपछि भारतले पहिलो इनिङमा दुई सय ५४ रनको अग्रता लिएको थियो ।  

२५८–२ को अवस्थामा भारतले दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बंगलादेशले पाँच सय १३ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतका लागि शुभमन गिलले एक सय ५२ बलमा १० चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय १० रनको योगदान दिए ।

त्यस्तै चेतेश्वर  पुजाराले एक सय ३० बलमा १३ चौका मद्दतमा अविजित एक सय दुई, कप्तान केएल राहुलले २३ र विराट कोहलीले अविजित १९ रन जोडे ।

बंगलादेशका मेहदी हसन र खालिद अहमेदले समान एक विकेट लिए ।

यस जितसँगै भारतले दुई खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट बिहिबारबाट सुरु हुनेछ ।