नेपाली क्रिकेट

स्कटल्यान्डलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं । नामिबियामा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंंखलाको अन्तिम खेलमा स्कटल्यान्डलाई नेपालले एक सय २० रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ गर्दै ३५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रनको योगफल तयार पारेको हो ।

खुराब सुरुआत गरेको नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ५७ बलमा चार चौका र दुई छक्का मद्धतमा सर्वाीधक ४७ रन बनाए । क्रिस्टोफर म्याकब्राइडले रोहितलाई विकेट किपर क्रोसबाट क्याच गराउँदा अर्धसतक बनाउन चुकेका थिए ।

यसैगरी सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोेहोरो अंक बनाउन सकेनन् । ओपनर अर्जुन साउद शुन्यमा पेभिलियन फर्किएका थिए । अर्काे ओपनर आसिफ शेख एक रन बनाए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ९, आरिफ शेखले ६ , गुल्सन झाले ५,  हरिशंकर शाह एक रन बनाएर आउट भएका थिए ।

तेस्रो बलमै अजुर्नलाई गुमाएको नेपालले चौथो ओभरमा आसिफलाई गुमाउँदा २–२ को नाजुक अवस्थामा थियो । ज्ञानेन्द्र छौटौ ओभरमा आउट हुँदा नेपाल १६–३ मा रह्यो । यसपछि रोहितले दीपेन्द्र र आरिफसँग मिल्दै नेपाली इनिङ हदसम्म उकासेका थिए । 

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, मार्क वाट र सफ्यान शरिफले समान दुई विकेट लिए । यसैगरी, क्रिस्टोफर म्याकब्राइड, क्रिस ग्रेभेस र क्रिस सोलले समान एक विकेट लिएका थिए ।

लिग टु मा नेपाल २३ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । स्कटल्यान्ड ३१ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा छ ।