कतार विश्वकप २०२२

क्रोएसिया फुटबल महासंघलाई फिफाको जरीवाना

दोहा। कतार विश्वकप २०२२ अन्तर्गत समूह चरणको खेलमा समर्थकले क्यानडाका गोलरक्षक मिलान बोर्जनलाई  दुर्व्यवहार गरेपछि फिफाले क्रोएसिया फुटबल महासंघलाई जरीवाना लगाएको छ ।

फिफाले क्रोएसियालाई ५० हजार स्विस फ्र्याङ्क जरिवाना लगाएको हो । क्रोएसिया फुटबल महासंघलाई फिफा अनुशासन संहिताको धारा १६ प्रयोग गर्दै कारबाही गरेको बताएको छ ।  

‘(कुनै खेलकुद कार्यक्रममा कसैलाई असर गर्ने सन्देश, शब्द वा वस्तुको प्रयोग) सम्बन्धी उल्लंघन गरेकोमा ५० हजार स्विस फ्र्याङ्क जरिवाना तोकिएको छ’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

क्रोएसियामा जन्मिएका बोर्जन सन् १९९५ मा भड्किएको जातिय द्धन्द्धका कारण देश थिए । पछि उनी क्यानडा पुगे र त्यहीबाट अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेका हुन् ।

क्रोएसियाले ४–१ को जित निकालेको खेलमा समर्थकले बोर्जनलाई लक्षित गर्दै विभिन्न ब्यानर देखाउनुका साथै उनलाई होच्याउने खालका नारा लगाएका थिए ।

खेलपछि बोर्जनले यो अमानविय व्यवहार भएको प्रतिक्रिया दिएका थिए । फिफाले यसको अनुसन्धान गर्ने जनाएको थियो ।