श्रीलंका

गुनथिलकालाई धरौटीमा रिहा गर्न अस्विकार

सिड्नी ।  सिड्नी कोर्टले बलात्कारको आरोपमा पक्राउ परेका श्रीलंकाका ब्याटर धनुस्का गुनथिलकालाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ ।

अस्ट्रेलियाका प्रहरीले गुनथिलकालाई आइतबार बिहान होटलबाटै पक्राउ गरेको थियो ।

श्रीलंकाको टोली भने घर फर्किसकेको छ ।

श्रीलंका क्रिकेट (एसएलसी) का अध्यक्ष सामी सिल्भाले अदालती प्रक्रिया चलिरहेकाले थप प्रतिक्रिया दिन नचाहेको बताए ।

एसएलसीले गुनथिलकालाई सोमबारबाटै लागु हुने गरि सबै खाले क्रिकेट गतिबिधीबाट निलम्बन समेत गरेको छ । 

एक २९ वर्षिया महिलाले गुनथिलकामाथि बलात्कारको आरोपसहित आइतबार प्रहरीमा उजुरी दिएकी थिइन ।