नेपालको केन्या भ्रमण

नेपाललाई १३१ रनको लक्ष्य

नौरबी । नेपालसँगको ट्वान्ट २० शृंखलाअन्तर्गत पहिलो खेलमा केन्याले एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदान टस हारेपछि ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गर्यो ।

केन्याका इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।