क्रिकेट

नेपाललाई १ सय ३ रनको लक्ष्य

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युगान्डा महिला टिमले नेपालसामु १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गरेको हो ।

युगान्डाका लागि केभिन अभिनोले १५, यानेट एम्बाबाजीले २९, फ्रान्कलिन नाइजुम्बाले १२, रिता मुसामालीले १३, रिता न्यानगेन्डोले १८ तथा एवेलिन एनिपोले ५ रन बनाउँदा लियोना बाब्रिए शून्यमा आउट भइन् ।

नेपालका लागि कविता कुँवरले २ र कप्तान रुबिना क्षेत्री, कविता जोशी इन्दु बर्माले १/१ विकेट लिए ।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय शृंखला खेलेको हो ।