सिड्नी, (खेलाडी)- अक्टोबरदेखि युएई र ओमानमा हुने तय भएको ट्वान्टी २० विश्वकपको लागी आरोन फिन्चको नेतृत्वमा अस्ट्रेलियाले टोलीको घोषणा गरेको छ ।
अस्ट्रेलियाले बिहीबार फिन्चको कप्तानीमा तीन वैकल्पिक खेलाडी राख्दै १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा उपकप्तानको जिम्मेवारी प्याट कमिन्सले पाएका छन् ।
अस्ट्रेलियाको टोलीमा एस्टोन अगर, जोस हेजलउड, जोस इङ्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेन स्टार्क, मार्कुस स्टोइनिस, मिचेल स्वेपसन, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जम्पा छन् । त्यस्तै वैकल्पिक खेलाडीको रुपमा ड्यानियल साम्स, ड्याानियल क्रिस्टियन र नाथन एलिसलाई समावेश गरिएको छ ।
जोस इङ्लिसले पहिलो पटक अस्ट्रेलियाको टोलीमा स्थान बनाएका हुन् ।
ट्वान्टी २० विश्वकप अक्टोबर १६ देखी १४ सम्म हुने तालिका छ । अस्ट्रेलियाले २३ अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरु गर्नेछ ।