प्याट्रिओट्स कप

ब्लुबर्डको र गोल्डेनगेटको सहज जित

काठमाडौं । प्याट्रिओट्स कप वार्षिक अन्तर कलेज ट्वान्टी २० प्रतियोगितामा बुधबार ब्लुबर्ड कलेज र गोल्डेनगेटले सहज जित निकालेका छन् ।

ब्लुबर्डले मोर्गन कलेजलाई आठ विकेटले पराजित गर्दा गोल्डेनगेटले पनि एपेक्स कलेजमाथि आठै विकेटको जित निकाल्यो ।

पहिलो खेलमा मोर्गन कलेजले दिएको ३७ रनको सामान्य लक्ष्य ब्लुबर्डले कलेजले ३.५ ओभरमा दुई विकेट पूरा गर्यो ।

ब्लुबर्डको जितमा सचिन लेखकले २२ र विवेक रानामगरले ११ रन बना ।

मोर्गन कलेजका दीपेन्द्र रावतले दुई विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको मोर्गन कलेजले १०.२ ओभरमा सबै विकेट गुमाउनुअघि ३७ रनको योगफल तयार गरेको थियो ।

मोर्गनका जगत विकले आठ र दीपेन्द्र रावतले सात रन जोडेका थिए ।

मोर्गनलाई सस्तैमा समेट्न विपिन आचार्यले सर्वाधिक चार विकेट लिए । उनले ३.२ ओभरमा १५ रनमात्र खर्चिए । यस्तै, विश्व कार्कीले दुई विकेट लिँदा तिलक भण्डारी र दुर्गेश क्षेत्रीले समान एक विकेट लिए ।

यस्तै, दोस्रो खेलमा एपेक्स कलेजले दिएको एक सय २४ रनको लक्ष्य गोल्डेनगेटले १२.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

गोल्डेनगेटको जितमा तिर्थराज दासले सर्वाधिक ५९ रन बनाए । यस्तै, सचिन शर्माले ५२ रन बनाए ।

एपेक्स कलेजका मोहन सिंह र शंकर अग्रवालले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको एपेक्सले १८.३ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २३ रनको योगफल खडा गरेको थियो ।

एपेक्सका अन्कित विकले ३०, सहेब भडेलले २४, खग्रेन्द समतले १७ र राहुल सहनीले १३ रन बनाएका थिए ।

गोल्डेनगेटका रवि साहले सर्वाधिक पाँच विकेट लिएका थिए । ३.३ ओभर बलिङ गरेका रविले २२ रन खर्चिएका थिए । यस्तै, रिजन ढकालले दुई विकेट लिँदा आशुतोष घिरैया र सुर्य तामाङले समान एक विकेट लिए ।