त्रिदेशीय ट्वान्टी २० श्रृंखला

पिएनजीविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध नेपाली टोलीका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । 

६० रनमा खेलिरहेका दीपेन्द्रले अहिले ३१ बलमा समान तीन चौका र छक्का प्रहार गरेका छन् ।

नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो ।