भारतीय टेस्ट टिम

रोहित शर्मा बने भारतीय टेस्ट टिमका कप्तान

मुम्बई । विराट कोहलीको बहिर्गमनसँगै भारतीय क्रिकेट टोलीका कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् । ३४ वर्षीय शर्मा सन् २०१९ देखि भारतीय टेस्ट टोलीबाट नियमित ओपनर गरिरहेका छन् ।

रोहितले यसअघि विराट कोहलीलाई विस्थापित गर्दै एकदिवसीय र ट्वान्टी २० क्रिकेटको कप्तानमा नियुक्त भएका थिए । रोहित भारतका एक उत्कृष्ट खेलाडी हुन् । टोलीका छनोटकर्ता चेतन शर्माले भने ।

कोहलीले जनवरीमा भारतीय टेस्ट टोलीको कप्तानीबाट राजीनामा दिएका थिए । त्यसअघि गत वर्ष ट्वान्टी २० को कप्तानी छाडेका कोहलीलाई एकदिवसीयको कप्तानबाट पनि बर्खास्त गरिएको थियो ।

सन् २०१३ मा  टेस्टमा डेब्यू गरेका रोहितले भारतबाट ४३ टेस्टमा तीन हजार ४७ रन बनाएका थिए ।