इङ्लिस प्रिमियर लिग

लुकाकुले बनाए कीर्तिमान

लन्डन । चेल्सीमा स्ट्राइकर रोमेलु लुकाकुले इङ्लिस प्रिमियर लिगमा खराव कीर्तिमान कायम गरेका छन् ।

शनिबार प्रिमियर लिगअन्तर्ग क्रिस्टल प्यालेसमाथि १–० को जित निकाल्दा लुकाकुले खेलभर मात्र सात पटक बल ‘टच’ गरे ।

खेलको अन्तिम मिनेटमा हाकिमी जियाचले गोल गरेपछि चेल्सीले तीन अंक निश्चित गरेको थियो ।

लुकाकुले ९० मिनेट खेल्दा मात्र सात टच गरे । जुन सन् २००३/०४ देखि प्रिमियर लिगमा रेकर्ड राख्न सुरु गरेयताको सबैभन्दा कम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।

प्यालेसविरुद्धको पहिलो हाफमा लुकाकुले मात्र दुई ‘टच’ गरे । जसमध्ये पहिलो ‘टच’ किकअफबाट आएको थियो ।

‘यसले लुकाकु खेलमा संलग्न नरहेका देखाउँछ,’ खेलपछि लुकाकुको प्रदर्शनबारेमा कुरा गर्दै प्रशिक्षक थोमस टचेलले भने ।

लुकाकुले चेल्सीका लागि क्लब विश्वकपको सेमिफाइनल र फाइलनमा गोल गरेका थिए । तर, उनले प्रिमियर लिगका पछिल्लो १४ खेलमा भने मात्र दुई गोल गरेका छन् ।