प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः प्रदेश १ ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेशविरुद्ध प्रदेश १ ले टस जितेर ब्याटिङमा आएको छ ।

सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ भने प्रदेश १ ले आजको खेल जिते सेमिफाइनल पुग्ने झिनो सम्भावना रहनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम सन्तोष भट्ट र प्रदेश १ अंकित सुवेदीको कप्तानीमा खेल्दैछ । 
समूह ‘ए’ मा तीन खेलबाट दुई अंक जोेडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ । यस्तै दुई खेलबाट एक अंक जोडेको प्रदेश १ पुछारमा छ ।

यस समूहबाट नेपाल पुलिस क्लबले एक खेल अगावै सेमिफाइनलको टिकट काटिसकेको छ ।

आइतबारै हुने दोस्रो खेलमा समूह ‘बी’ को लुम्बिनी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।