अफ्रिका कप अफ नेसन्स

अफ्रिका कप अफ नेसन्स: सलाहको गोलमा इजिप्ट विजयी

याउन्डे । मोहम्मद सलाहको निर्णायक गोलप्रेरित इजिप्टले अफ्रिका कप अफ नेसन्सअन्तर्गत शनिबार राति भएको खेलमा गुयना बिसाउलाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

समूह डीअन्तर्गत क्यामरुनको रौम्दे अडिजा रंगशालामा भएको खेलको ६९औं मिनेटमा सलाहले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

सोही समूह अन्तर्गत शनिबार नै भएको खेलमा नाइजेरियाले सुडानमाथि ३-१ गोलको नतिजामा जित निकालेको छ । नाइजेरियाको जितमा सामुएल चुक्वेज, टावो अवोनियी र मोसेस सिमोनले १/१ गोल गरे ।

समूह डी मा नाईजेरिया सतप्रतिशत जितसहित ६ अंक बनाएर शीर्ष स्थानमा छ । २ खेलबाट ३ अंक जोडेको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका बिसाउ र सुडान क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।