बायर्न म्युनिख

जर्मन बुन्डेस लिगा: लेवान्डोस्कीको ह्याट्रिक

बर्लिन । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा एफसी कोलोग्नलाई ४-० गोलको नतिजमा पराजित गरेको छ ।

पहिलो हाफमा २-० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकाल्यो । जारी सिजन म्युनिखको १५औं जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै करेन्टिन टोलिसोले एक गोल गरे ।

नवौं मिनेटमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६२औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै, खेलको २५औं मिनेटमा टोलिसोले एक गोल गरेका थिए ।

जितसँगै १९ खेलबाट ४६ अंक जोडेको बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको डर्टमन्डको समान खेलबाट ४० अंक छ । पराजित कोलोग्न समान खेलबाट २८ अंकसहित आठौं स्थानमा छ ।