यु १९ एसिया कप

भारत र श्रीलंकाबीचको फाइनल पुन सुरू

दुबई । वर्षाका कारण अवरुद्ध बनेको यु १९ एसिया कपअन्तर्गत भारत र श्रीलंकाबीचको फाइनल खेल पुन सुरू भएको छ । 

खेल ३८ ओभरमा घटाइएकाे छ । 

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा लागि मैदान ओर्लिएको श्रीलंकाले ताजा अवस्थामा आठ विकेट गुमाएर ३५ ओभरमा ८३ रन जोडेको छ ।

खेल अवरुद्ध हुनुअघि श्रीलंकाले ३३ ओभरमा सात विकेटको क्षतीमा ७४ रन जोडेको थियाे।

फाइनलको टिकट काट्नेक्रममा श्रीलंकाले सेमिफाइनलमा पाकिस्तानलाई २२ रनले र भारतले बंगलादेशको चुनौती एक सय तीन रनले पन्छाएका थियाे ।