यु १९ एसिया कप

भारतलाई ९९ रनको लक्ष्य

दुबई । यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतले श्रीलंकाविरुद्ध जितका लागि ९९ रनको लक्ष्य पाएको छ ।

वर्षाका कारण केहीबेर अवरुद्ध बनेपछि खेल निर्धारित ५० ओभर ३८ ओभर घटाइएको हो ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गरेको थियो । यद्यपि डीएलएस मेथडअनुसार भारतले ९९ रनको लक्ष्य पाएको हो ।

श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडे ।

भारतका बिक्की ओस्तवालले तीन विकेट लिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारे ।