डेविड पायने

इङ्ल्यान्डको टोलीमा पहिलो पटक डेविड पायने समावेश

लन्डन । वेस्ट इन्डिजविरुद्धको ट्वान्टी २० शृंखलाका लागि इङ्ल्यान्डको टोलीमा पहिलो पटक डेविड पायनेलाई समावेश गरिएको छ ।

पाँच खेलको ट्वान्टी २० शृंखलाका लागि इङ्ल्यान्डका छनोटकर्ताहरुले इयोन मोर्गानको कप्तानीमा वायाँ हाते सिमर पायनेसहित १६ सदस्यीय टोली घोषणा गरेका छन् ।

यसै वर्षको सुरुआतमा पाकिस्तानविरुद्धको शृंखलाका लागि पहिलो रोजाईको टोली आइसोलेसनमा रहँदा ३० वर्षे पायने इङ्ल्यान्डको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा परेका थिए । तर उनले शृंखलामा एउटै खेलमा पनि खेल्ने मौका पाएनन् ।

घरेलु क्रिकेटमा भने ग्लुचेस्टरसायरका खेलाडीले राम्रो प्रभाव जमाउने क्रममा नौं खेलमा १२ विकेट लिएका थिए । दी हन्ड्रेडको पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले वेल्स फायरको टोलीबाट ६ विकेट लिएका थिए ।

बार्बाडोसमा हुने शृंखलामा हाल अस्ट्रेलियामा रहेका क्रिस सिल्भरउडको अनुपस्थितीमा पाउल कलिङउडले कार्यवाहक मुख्य प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गर्नेछन् ।

इङ्लिस ट्वान्टी २० टिम ः
इयोन मोर्गान )कप्तान), मोइन अली, टम बान्टन, साम बिलिङ्स, लियाम डसन, जर्ज गार्टन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, साकिब महमुद, टाइमल मिल्स, डेविड पायने, एडिल रशिद, जेसन रोए, फिल साल्ट, रीस टप्ले, जेम्स भिन्से ।