आइसिसी विश्वकप क्रिकेट लिग-२

नामिबियाले दियो नेदरल्यान्ड्सलाई १२४ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल,नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा नामिबियाले नेदरल्यान्ड्ससामू १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जोर्रार्ड इरास्मसले समान १३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले नौ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए । यसैगरी कायल केलिनले दुई तथा रोलेफ भान डेर मार्वे र म्याक्स ओ' डोउडले समान एक विकेट हात पारे ।

नामिबिया लगातार दोस्रो तथा नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यका छन् । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराउँदा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।