प्रधानमन्त्री कप पुरुष एकविसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

आर्मीले दियो मधेशलाई ३ सय २१ रनको लक्ष्य

शतक प्रहार गरेपछि विनोद भण्डारी

काठमाडौं । कप्तान विनोद भण्डारीको शतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशसामू ३ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय २० रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि विनोदले ९३ बलमा नौ चौका ६ छक्काको मद्दतले सर्वाधिक १ सय १३ रनको योगदान गरे । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६,भीम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाए ।  

पाँचौं विकेटका लागि विनोद र कुशलले १ सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरे ।

मधेशका लागि रन्जित कुमारले नाै ओभरमा ४१ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक विकेट लिए ।